Loading... आजः सोमवार, असार ७, २०७८
Trending

प्रदेश १ का मुख्यमन्त्री राईले मोडलसँग विवाह गर्दै

काठमाडौँ  :  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मिस मंगोल–२०१८ को ताज बिजेता ज्याङमु शेर्पासँग विवाह गर्ने भएका छन् । मुख्यमन्त्री राई र शेर्पाबीच यहि माघ ११ गते काठमाडौँमा विवाह हुँदैछ । मिस मंगोल भएदेखिनै सामाजिक काममा सक्रिय ज्याङ्मुका परिवार भने अमेरिकामा बस्छन् । संखुवासभा पुख्र्यौली घर भएकी उनी हाल काठमाडौँमा बस्छिन् । ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हो ।

‘मिस मंगोल नेपाल–२०१८’ उपाधि जितेसँगै ज्याङ्मु चर्चामा आएकी हुन् । त्यो बेलादेखि नै मुख्यमन्त्री राई र ज्याङ्मु नजिकिएको स्रोतको भनाइ छ ।

error: Content is protected !!