पार्टीको आधिकारिकता नेकपा ओली पक्षले नै पाउँछ : सुवास नेम्वाङ
काठमाडौं : नेकपाको केपी ओली समूहका नेता सुवास नेम्वाङले आफूहरुले पार्टीको आधिकारीता पाउने दाबी गरेका छन् । प्रदेश १ को ओली पक्षीय अगुवा कार्यकर्ता भेलामा संविधान र कानुनका ज्ञाता समेत रहेका उनले भने, प्रथम अध्यक्ष केपी ओली र महासचिव जहाँ हुनुहुन्छ । त्यहीनिर पार्टी छ । हाम्रा साथीहरुले महासचिव नभएको बैठक कसरी बोलाउनु भएछ अध्यक्षको निर्देशनमा महासचिवले बैठक बोलाउने हाम्रो विधानका भनिएको छ । यी कुरा हामी निर्वाचन आयोगमा पठाएमा छौँ । यही आधारमा पार्टीका आधिकारिताको विषय टुंगिनुपर्छ । यसमा अन्यथा हुन सक्दैन ।
प्रचण्ड–माधव पक्षद्वारा २९ पुसमा आयोजित काठमाडौं जिल्ला कार्यकर्ता भेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको आधिकारिता र चुनाव चिन्ह सूर्य आफू नपाए आँधीहुरी आउँछ भनेका थिए । तर पार्टीको विधान, अभ्यास र देशका संविधान कानुन बमोजिम आफ्नो समूहले पार्टीको आधिकारिकता पाउने बाहेको अर्को विकल्प नभएको नेम्वाङले बताए ।