Loading... आजः सोमवार, असार ७, २०७८
Trending

बालिका बलात्कार अभियोगमा पक्राउ

दैलेख  : वर्षिय बालिका बलात्कार अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुराँस गाउँपालिका वडा नजः ४ सेरीका २० वर्षिय राजन बिक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरक्षक इन्द्रजीत सुनारले सुर्खेत घर भएकी एक १४ बर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको भन्ने सूचनाका आधारमा विकलाई सोमवार पक्राउ गरिएको जानकारी दिए ।

उनले पक्राउ परेका विकलाई जिल्ला अदालतबाट म्याद थप अनुमती लिई जिल्ला प्रहरी कार्यालय दैलेखको हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको बताए ।  उनले आर्थिक वर्ष ०७७÷०७८ को पौष मसान्त सम्म छ वटा जवरजस्कतीकरण मुद्धा ,दुई वटा जवरजस्तीकरण उद्योगको मुद्धा र ३ वटा बाल यौन दुरुत्सानको मुद्धा परेको बताए । उनले भने नयाँ मुलकि अपराध सहिता जारी भए संगै जिल्लामा जवरजस्तीकरणका मुद्धा आउँन थालेको बताए ।

error: Content is protected !!