Loading... आजः शनिबार, बैशाख २५, २०७८
Trending

थप ४३० नयाँ संक्रमित थपिदाँ , पाँचको मृत्यु

काठमाडौं  :  पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ४३० जना सङ्क्रमित थपिएका छन् । त्यस्तै ३९० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६५ ह्जार ६९८ जना भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ ।

यसै गरी हालसम्म दुई लाख ५९ हजार ३५८ जना सङ्क्रमित निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ९३२ पुगेको छ ।

error: Content is protected !!