Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

नयाँ पाठ्यक्रम लागू गर्न सर्वोच्चले आदेश


काठमाडौं  : सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न भन्दै परेको रिट खारेज गरि दिएसँगै अब नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुला भएको छ ।

न्यायाधीश तेजबहादुर केसी र प्रकाशनकुमार ढुङगानाको इजलासले सो रिट खारेज गर्ने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । यस अघि नयाँ पाठ्यक्रम लागू गर्न रोक लगाउने माग गर्दै भागवत अर्याल लगायतले रिट दायर गरेका थिए ।