Loading... आजः आइतवार, माघ ४, २०७७
Trending

आर्थिक सहयोग गरिदिन परिवारको अपिल

दैलेख  :  वोनम्यारो रोग बाट ग्रसित भएका ११ वर्षिय शुसील शाहीका परिवारले आर्थिक सहयोग गरिदिन अपिल गरेका छन । जिल्लाको भगवतिमाई गाउँपालिका वडा नः २ रुमका ११ वर्षिय शुसील शाहीलाई वोनम्यारो रोगको उपचार गराँदा आफु संगै भएको सबै पैसा सकिएपछि देश तथा बिदेशमा रहने नेपालीहरुलाई सहयोग गर्न अपिल गरेका हनु । काठमाडौमा रहेको शिभिल अस्पतालमा उपचार गराइरहेका उनको वोनम्यारो ट्रान्सपलान्ट गर्न २५ लाख भन्दा बढि रकम लाग्ने भएपछि परिवारले आर्थिक सहयोग गरिदिन आग्रह गरेका हुन ।

वोनम्यारो रोग संग लडिरहेको शुसिल शाहीको हजुर वुवा राम बहादुर शाहीले परिवारका सदस्य नै वोनम्यारो ट्रान्सपलान्ट गर्न तयार भएपनि आर्थिक अभावले सम्भव नभएको बताए । उनले यो दुखको घडीमा सहयोग गरिदिन देश तथा बिदेशमा रहेका नेपालीहरुलाई आर्थिक सहयोग गर्न आग्रह गरेका छन । उनले सहयोग चाहने सबैले प्रभु बैक बेस्तडा बजारमा रहेको राम बहादुर शाहीको खाता न ः १५१०१०२८०८५०००१२,अमृता शाहीको खाता नः १५१०१०२३८७३०००११,अमृत विक्रम शाहीको खाता नः ०७३०१००१२२९००१६ र बाणिज्य बैकम रहेको खाता नः ४०१०१०००००११५०१२मा जम्मा गर्न आग्रह गरेका छन । उनले आवश्यक परेको खण्डमा ९८५८०६२५१०,९८६८०३२६०९ मा सम्र्पक गर्न आग्रह गरेका छन ।

error: Content is protected !!