Loading... आजः आइतवार, माघ ४, २०७७
Trending

एक दर्जन सरकारी कार्यालयमा ९१ जना कर्मचारी अनुपस्थित


दैलेख  :  जिल्लामा रहेका १२ सरकारी कार्यालयमा छड्के अनुगमन गर्दा ९१ जना कर्मचारी कार्यालयमा अनुपस्थित रहेको भेटिएको छ । जिल्ला प्रशासन दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद देवकोटा नेतृत्वमा सोमवार गरिएको छड्के ९१ जना कर्मचारी कार्यालयमा उपस्थित नभएको भेटिएको हो ।
अगुमन टोलीले पशु अस्पताल तथा पशु सेवा कार्यालय,खानेपानी तथा उर्जा विकास कार्यालय,शिक्षा विकास तथा समन्वय एकाइ,सामाजिक विकास कार्यालय,स्वास्थ्य सेवा कार्यालय,नापी कार्यालय,मालपोत कार्यालय,उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय,जिल्ला कृषि विकास कार्यालय,जिल्ला हुलाक कार्यालय,पुर्वाधार कार्यालय गरी १२ कार्यालयमा छड्के अनुगमन गरेको थियो ।
अनुगमन टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटाले कोरोना संक्रमणको जोखीम देखाएर कार्यालयमा उपस्थित नहुने र सेवा प्रवाहमा समस्या भएको गुनासो आएपछि आफुहरुले अनुगमन गर्दा ९१ जना कर्मचारी कार्यालयमा अनुपस्थित रहेको फेला परेको बताए । उनले कार्यालयमा कर्मचारी उपस्थित छैन बिदा र काज पनि स्वीकृत गरेको छैन मन लागेको बेला कार्यालय आउने र जाने गरेपछि सेवा ग्राहीले समस्या भोगको भन्ने गुनासो आधारमा अनुगमन गर्दा सेवाग्राहीले गरेको गुनासो प्रमाणीत भएको बताए । उनले कार्यालयमा अनुपस्थित हुने कर्मचारी र कार्यालय दुबैलाई स्पष्टिकरण सोधिएको बताए । उनले भने हामीले कार्यालय र कर्मचारी दुबैलाई स्पष्टिकरण सोधेका छौ चित्तबुझ्दो जवाफ नआएको खण्डमा कार्वाही प्रक्रिया अगाडी बढाउछौ ।
े जिल्ला अदालत,सरकारी वकिल कार्यालय र निर्वाचन कार्यालय बाहेक अन्य कार्यालयमा अनुगमन गर्ने अधिकार अनुसार १२ कार्यालयमा अनुगमन गरिएको र अन्य कार्यालयमा छिटै अनुगमन गर्ने तयारी थालेकोसहायक प्रमुख जिल्ला अधिकारी देवकोटाले बताए । उनले अनुगमन गर्दा कार्यालय प्रमुख,कर्मचारी उपस्थित, पोशाक लगाएको नलगाएको,सेवा प्रवाहको गुणस्तर,नागरिक साहायता कक्ष, सुचनाको हक कार्यान्वयन,सरसफाई जस्ता विषय बस्तु समावशे गरिएको बताए ।

error: Content is protected !!