Loading... आजः शनिबार, मंसिर १८, २०७८
Trending

थप ४८८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ   : नेपालमा कोरोना भाइरसका ४८८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ५२७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
मन्त्रालयले कोभिड १९ –सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६५ ह्जार २६८ जना भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल चार हजार ३७३ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा ५२७ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५८ हजार ९६८ जना सङ्क्रमित निको भएका छन् ।
मन्त्रालयले हालसम्म १९ लाख ८७ हजार ५५५ जनाको आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा दश जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ९२७ पुगेको छ । हाल २३७ जना क्वारेन्टिनमा र चार हजार ३७३ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

error: Content is protected !!