Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

चोर बाटो बाट अविश्वासको प्रस्ताव ल्याउँदा पार्टी बिभाजनको अवस्थामा पुग्यो : नेता कडेल

..


दैलेख  : नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कमिटि सदस्य कर्णाली प्रदेशका सह इन्चार्ज यामलाल कडेलले आफ्नै पार्टीका नेताहरुले चोर बाटो बाट अविश्वासको प्रस्ताव ल्याएका कारण प्रतिनिधि सभा बिघठन गर्नु प्रधानमन्त्री बाध्य भएको बताएका छन । नेकपा जिल्ला कमिटि दैलेखको आयोजना गरिएको बृहत जिल्ला सभालाई सम्बोधन गर्दै उनले नेताहरुमा पदलुप्तता जागेका कारण यो समस्या आएको बताए ।
उनले पार्टी फुटिनसकेको बताउँदै अझै पनि कार्यकर्ता लाई गोलबद्ध भएर लाग्न आग्रह गरेका छन । उनले नेकपमा समस्या देखिएको छ नेपाली काग्रेसले त्यसलाई अवसरको रुपमा लिएको भएपनि अझै काग्रेसले बहुमत ल्याउछौ भन्नु मुर्खता शिवाय केही नुहुने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने अधिकार नेकपाको अन्तरिम विद्यानमै छैन साथीहरुले त्यसो किन गर्नु भएको होला यदि प्रधानमन्त्रीलाई हटाउने भए पार्टीको ससदीय दल बाट हटाउने व्यवस्था भएपनि नेताहरु त्यस तर्फ नलागेर उशृङख्ल काम गरेको बताए
कार्यक्रममा नेकपा केन्द्रिय सदस्य एवम कर्णाली प्रदेश सभा सांसद धर्मराज रेग्मीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा भंग गर्ने कुरा संबैधाकि रहेको बताए । उनले संबिधानमा भएको व्यवस्था नै अध्ययन नगरेर अंसंबैधानिक भन्नु मुर्खता हो ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारी भएको बताउदै उहाँले सबै नेताहरुलाई अभियानमा आउँन आग्रह गरेका छन । उनले भने नेकपा र सुर्य न्हि निर्वाचनमा गएर पाइदैन यदि चाहिने भए आफुहरु स्वागत गर्न आतुर रहेको बताए । आफु पुर्ब माओबादी बाट निर्वाचन लडेको बताउँदै जिल्लाको प्रतिनिधित्व गर्ने सिंगो प्रदेश सांसद प्रधानमन्त्रीको पक्षमा भएको बताउदै जिल्लाका कार्यकर्ता कतै नगएर आफुनो पक्षमा लाग्न आग्रह गरे ।
नेकपाको केन्द्रिय सदस्य एवम दैलेख इन्चार्ज लक्ष्मी प्रसाद पोखरेलले जनताले दिएको अभिभमतलाई प्रचण्ड माधव नेपाल पक्षले खेलौना ठानेर काम गर्न नदिएका कारण यो समस्या सिर्जना भएको बताए । उनले जनताले अभिभमत दिएर राम्रो काम गर्ने प्रधानमन्त्रीलाई नै काम गर्न नदिने र पदलुप्त हुने नेताहरुका कारण आवधिक निर्वाचनमा जानु परेको बताए । उनले दैलेख जिल्ला नेपाल कम्युनिष्ट पार्टीको किल्ला रहेको स्मरण गर्दै आगामी निर्वाचनमा समेत दैलेखका दुई प्रतिनिधि सभार र चार प्रदेश सभामा सहज रुपमा जित हासिल गर्ने बताए ।


अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य एवम जिल्ला अध्यक्ष रबिन्द्र शर्माले कर्णाली प्रदेश सरकारका अर्थमन्त्री प्रकाश ज्वालाले दुल्लुमा आएर विकासको आश्वासन बाड्नु र्दुभाग्य भएको बताए । उनले प्रदेश सरकार बाट संचालित भएका योजनाहरुको भुत्तानी दिन सक्नुभएको छैन विद्यालय निर्माण गरेको भुत्तानी दिन सक्नुभएको छैन अझै उहाँले विकासको आश्वासन बाड्ेर कार्यकर्तालाई भ्रम पार्ने गर्नुभएको छ त्यो कदापी राम्रो होईन । उनले दैलेखका जिल्लामा रहेका सबै कम्युनिट पार्टीमा आबद्ध भएका कार्यकर्तालाई बिचल्लीत नभएर प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेका पार्टीमा गोलबद्ध हुन आग्रह गरेका छन ।
भेलालाई नेकपाका केन्द्रिय सदस्य एवम कर्णाली प्रदेश सभा सदस्य मिनासिह रखाल,ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीर बहादुर शाही लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।