Loading... आजः सोमवार, फाल्गुन १७, २०७७
Trending

ब्राउनसुगर सहित दुई जना पक्राउ

दैलेख  :  ४० पुडिया ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गुराँस गाउँपालिका वडा नः २ तल्लो डुङ्गेश्वर प्रहरी चेकपोष्ट नजिक सडक खण्डमा शंकास्पद अवस्थामा हिँडि राखेको अवस्थामा बाँके कोहलपुर नगरपालिका वडा नं १० कालिकानगर बस्ने वर्ष २७ को सिर्जना गुरुङ् र बैजनाथ गाँउपालिका वडा नं १ गाभर बस्ने वर्ष २१ को बिशाल रोकायलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए ।

उनले शंकाष्पद लागेपछि शरिर खानतलासी गर्दा सिर्जना गुरुङ्ले आफ्नो खुट्टाको मोजामा लुकाईराखेको ४० पुडिया बनाई धागोले बेरिराखेको अवस्थामा लागुऔषध खैरो हिरोईन जस्तो धुलो पदार्थ र बिशाल रोकायाको साथबाट नगद रु ३४,०००– फेला पारेको बताए उनले दुवै जनालाई जिल्ला अदालतबाट लागुऔषध ब्राउनसुगर मुद्दामा म्याद थप अनुमती लिई थप अनसुन्धान कार्य भईरहेको बताए ।

error: Content is protected !!