Loading... आजः आइतवार, जेष्ठ ६, २०८१
Trending

सुर्खेतका कोरोना संक्रमित पुरुषको मृत्यु

सुर्खेत :  सुर्खेतका एक कोरोना संक्रमित पुरुषको बाँकेमा मृत्यु भउको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा सुर्खेतको वीरेन्द्रनगर–१३ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । सोमबार बिहान सात बजे उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पुस १८ गते कोरोना परीक्षण गरिएकोमा त्यसको भोलिपल्ट उनमा संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएकै दिन उनी अस्पतालमा भर्ना भएका थिए ।