Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

चुनावमा जानु अस्थिरता होइन : प्रधानमन्त्री ओली


काठमाडौं  :  प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको पक्षमा सरकारले तीव्रताका साथ काम गर्न थालेपछि डाह गरेर सरकारलाई घेराबन्दी गरिएको बताएका छन ।
राष्ट्रियसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन । अरुलाई सिंह बनाइदिएपछि आफैलाई झम्टिने काम भयो उनले भने सरकार बनेन भने तत्काल निर्वाचनमा जान सकिन्छ, पाँच वर्ष कुर्नु पर्दैन ।
“चुनावमा जानु अस्थिरता होइन, बाह्य शक्तिको स्वार्थमा जब देशका शक्ति गोटी बन्न थाल्छन्, विकासमा व्यवधान पुर्याउन थाल्छन्, त्यस्तो स्थिति स्थायित्व र स्थिरताको स्थिति होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो, “अहिलेको अवस्था स्थायित्व र स्थिरताको स्थिति हो ।”
“प्रधानमन्त्रीको पद मोहर सिक्का र दान दिने विषय होइन” प्रधानमन्त्री ओलीले भने, “प्रधानमन्त्री पद जनताको मतले बनेको पद भएकाले जतिबेला मनलाग्यो त्यतिबेला दिन सकिदैन ।” केही मिडियाले मुलुकमा अस्थिरता ल्याउने प्रयासमा लागेको पनि उनले टिप्पणी गरे । लोकतन्त्रलाई संस्थागत बनाउने अभ्यास गरिएको प्रधानमन्त्री ओलीले बताए ।
“गैर जिम्मेवार भनेको के हो के हुँदा त्यो हुन्छ ” प्रधानमन्त्री ओलीले जिज्ञसा गर्दै भने मैले जिम्मेवारीका साथ काम गरिरहेको छुँ, देशलाई गलत बाटोमा जान नदिन प्रतिनिधिसभा विघटन गरेको हुँ ।” कर्तव्यबोध र जिम्मेवारीका साथ काम गरेको छुँ उनले भने । “केपी ओलीको हैसियत कतिपयले शुन्यमा पुगेको टिप्पणी गर्छन्, निर्वाचनमा जाउँ न कसको हैसियत शुन्यमा पुग्यो थाहा भैहाल्छ ।
“मैदान घोषणा गरिएको छ, रिङ तयार छ आउनुस् भाग लिन खुट्टा किन कमाएको ताजा जनादेश लिने भन्ने वित्तिकै किन डराउनुप¥यो ” प्रधानमन्त्री अ‍ोलीले भने “जनताको बीचमा जानु के गल्ती गर्नु हो जनताको बीचमा गएर दण्डित भइन्छ भने स्वीकार गरिन्छ ।” कुरा फिट्ने मित्रहरुलाई भन्न चाहन्छु काममा तुलना गरौं