Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

नेपालमा २५९ जना सङ्क्रमित थपीए

काठमाडौ  :  नेपालमा कोरोनाभाइरसका २५९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ५१३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६४ ह्जार ७८० जना भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल चार हजार ४२२ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा ५१३ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५८ हजार ४४१ जना सङ्क्रमित निको भएका छन् ।
मन्त्रालयले हालसम्म १९ लाख ८२ हजार २४६ जनाको आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ९१७ पुगेको छ । हाल २५७ जना क्वारेन्टिनमा र चार हजार ४२२ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको