Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

नेकपा र सुर्य चिन्हमा आ–आफ्नै दाबी

..

दैलेख  : प्रधानमन्त्री केपी शर्मा ओलीले पुस पाँच गते संसद बिघटन गरे संगै बिभाजित बनेको नेकपाको असर तल्लो तह सम्म पुगेको छ । जिल्लाका ११ स्थानीय तहमा बिभाजित भए संगै प्रधानमन्त्री केपी शर्मा ओली पक्षिय र पुष्पकमल दहाल प्रचण्ड–माधव कुमार नेपाल पक्षीय नेताहरु अहिले छुटाछुटै भेलाको आयोजना गर्नमा व्यस्त भएका छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटनको सिफारिस गरेकै दिन दैलेखमा प्रचण्ड–नेपाल समुहले जिल्लामा विभिन्न आन्दोलनका कार्यक्रम गरेको थियो । त्यस लगत्तै जिल्लाका ११ स्थानीय तह बाट आफु निकटका कार्यकर्तालाई बोलाएर शक्ति प्रदर्शन गरेको उक्त समुहलेले दुई टोली निर्माण गरी दुबै निर्वाचन क्षेत्रमा परिचालन गरी बिरोधका कार्यक्रम संचालन गरिरहेको छ । नेकपा दैलेखका अध्यक्ष एवम प्रतिनिधि सभा सदस्य रहनुभएका ओली पक्षीय नेता रबिन्द्र शर्मा काठमाडौ भएको मौकामा जिल्ला कमिटिको बैठकको आयोजना गरी प्रधानमन्त्रीले चालेको असंबैधानिक कदमको भ्रत्र्सना गरेको थियो ।

ओलीपक्षिय नेताहरु रबिन्द्रराज शर्मा,लक्ष्मी पोखरेल,सुर्यबहादुर शाही,लोमन शर्मा,मिनासिह रखाल,दुर्गा न्यौपाने,जनक न्यौपाने लगायतका नेताहरु जिल्लामा आए संगै उनीहरुले पनि बृहत कार्यकर्ता भेलाको आयोजना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको स्वागत गर्दै निर्वाचनमा जानुको विकल्प नरहेको कार्यकर्ता पंतिलाई त्यहि अनुसार अगाडी बढ्न निर्देशन दिदै आएका छन ।

विहिवार आयोजना गरिएको नगरपालिका स्तरीय अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य एवम जिल्ला अध्यक्ष रबिन्द्र राज शर्माले इतिहासमा नभएका काम प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भएको स्मरण गर्दै उनले देशलाई समृद्धिको बाटोमा अगाडी बढ्न नदिने र नचाहने नेताका कारण यो परिस्थीती सिर्जना भएको बताए ।

उनले प्रधानमन्त्रीले गर्नुभएका कामका विषयमा जनताका बिचमा गएर वास्तबीक कुरा राख्ने बताए । उनले भने नेपालमा स्थीर सरकार बनाएर देशलाई समृद्धिको बाटोमा लैजाने महाअभियानमा लागेको प्रधानमन्त्रीलाई आफ्नै पार्टिका बरिष्ठ नेताहरुले असहयोग गरेको र काम गर्न नदिएको विषयमा आम नागरिकलाई बुझाएर आगाडी बढ्ने बताए । उनले नेकपा पार्टी र सुर्य चिन्हका विषयमा जुन भ्रम फैलाएर कायकर्ता आफ्नो बनाउने काम गलत भएको बताउदै नेकपा एमाले र माओबादी एकिकरण हुँदा दुबै अध्यक्षको सहमती बिना कुनै काम नगर्ने भने पनि उनीहरुले पार्टीको पहिलो अध्यक्षलाई कार्वाही गरेर सुर्य चिन्ह हाम्रो हो भन्नु मुर्खता भएको बताए । कसैले भ्रममा पुर्न आवश्यक छैन पार्टीको अध्यक्ष र महासचिव हामी संग हुनुहुन्छ त्यसकारण सुर्य चिन्ह र नेकपा हाम्रो हो ।

प्रचण्ड– माधव नेपाल समुहले भने पार्टीको केन्द्रिय कमिटिमा आफ्नो बहुमत भएका कारण सुर्य चिन्ह र नेकपा पार्टी आफ्नो भएको दावी गरेका छन । नेकपाका केन्द्रिय सदस्य एवम विदेश बिभाग उप प्रमुख विष्णु रिजाले प्रधानमन्त्रीले लोकतन्त्रको घाटि नमिठ्ने काम गरेको बताउदै केन्द्रिय कमिटिमा रहेको ४४१ सदस्यीय मध्ये ३१५ जना भन्दा बढि आफ्नो समुहमा भएको भन्दै सुर्य चिन्ह आफ्नो हुने दावी गरेका छन । उनले सुर्य चिन्ह र नेकपा को आधिकारीक हो भन्ने निर्वाचन आयोगले चाडै टुग्याउने र त्यसको नतिजा आफ्नो पक्षमा आउनेमा आफुहरु विश्वस्त रहेको बताए ।