Loading... आजः सोमवार, असार ७, २०७८
Trending

गर्भवतिका लागि निशुल्क एक्सरे


दैलेख  :  नारायण नगरपालिका भित्र रहेको गर्भवतिहरुका लागि निशुल्क भिडियो ऐक्सरे कार्यक्रम संचालन गरिएको छ । आर्थिक रुपमा विपन्न रहेका गर्भवतिहरुलाई लक्षित गरेर टोलमै पुगेर निशुल्क भिडियो एक्सरे गरिएको हो । नारायण नगरपालिका स्वास्थ्य शाखा दैलेखको आयोजनामा गर्भवतीका लागि ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम अन्तरगत नगरपालिकाको भौगोलिक दुरिका आधारमा टाढा रहेका वडा नं ११,१,५ वडाका १५७ जना गर्भवतीहरूको निशुल्क भिडियो एक्सेर गरिएको नारायण नगरपालिकाले जानकारी दिएको छ ।
नाररायण नगरपालिका स्वास्थ्य शाखा सह संयोजक लाल बहादुर खड्काले गर्भवतीका लागि ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम अन्तरगत नगरपालिकाको भौगोलिक दुरि टाडा रहेकाहरुका लायि यो कार्यक्रम संचालन गरिएको बताए । उनले भौतिक दुरी र आर्थिक रुपमा कम्जोर भएका गर्भवतिको निशुल्क भिडियो एक्सरे गरिएको जानकारी दिए । उनले भने भिडियो एक्सरे मात्र नभएर गर्भवस्थामा गर्नु पर्ने काम,सरसफाई,खानपीनलागि आवश्यक पर्ने बस्तुहरुका वारेमा समेत जानकारी दिएका छौ ।
जिल्ला स्वास्थ्य कार्यालयका डा जीवन ज्ञावली नेृत्वमा गएको टोलीले १७५ जना गर्भवतिको भिडियो एक्सरे गरेको हो । नारायण नगरपालिका नगर प्रमुख रत्नबहादुर खड्काले नारायण नगरपालिकामा कुनै पनि बालबालिका अपाङग,कुपोषित नजन्मीउन भनेर यस्ता खालका कार्यक्रम आयोजना गरिएको बताए । उनले नारायण नगरपालिकाले महिला लक्षित कार्यक्रम अन्र्तगत गर्भवति महिला संग उप मेयर कार्यक्रम, असल आमा प्रोत्साहन कार्यक्रम,गर्भवतिको निशुल्क भिडियो एक्सरे जस्ता कार्यक्रम संचालन गरेको बताए ।
उनले भने यो भन्दा अगाडी जिल्ला भर १४ प्रतिशत बालबालिका कुपोषण र ख्याउटे पना देखिएको र त्यस मध्ये नारायण नगरपालिकाकै बढि भएका कारण आगामी दिनमा त्यस्ता बालबालिका नजन्मिउन भनेर नै विभिन्न कार्यक्रम संचालन गरेको बताए ।

error: Content is protected !!