Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

संबिधान रक्षाका निम्ति आन्दोलन अपरीहार्य : शर्मा


दैलेख  : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल– माधवकुमार नेपाल समूहका नेता जनार्दन शर्माले संबिधान रक्षाका लागि अहिलेको आन्दोलन अपरीहार्य भएको बताएका छन । दैलेखको दुल्लुमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य शर्माले विदेशी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा बिघठन गरेर लोकतन्त्र र संघीयतालाई धरापमा पारेको बताए । नेता शर्माले ओलीले संसद विघटन गरि चालेको प्रतिगामी कदमको सबै मिलेर विरोध गर्न अपील पनि गरे। उनले केपी ओलीले पार्टीमा अन्तरघात गरेको तर, पार्टी नफुटेको जिकिर गरे।

कार्यक्रममा नेकपा दाहाल–नेपाल समूका स्थायी कमिटी सदस्य योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले घरभित्रको झगडा मिलाउन नसकी वस्तीमै आगो लगाउन खोजेको आरोप लगाए। उनले घरभित्रको झगडाको रिस प्रतिनिधि सभा बिघठन गरेर पोखेको बताए । नेता भट्टराईले ओलीको कदम अब तीन महीना पनि नटिक्ने र उनी तीन महीनाभित्र बालुवाटारवबाट बालकोटमै फर्किने दाबी गरे।

उनले नेकपाको बहुमत केन्द्रीय सदस्य रहेको दाहाल–नेपाल समूहले नै नीतिगत रूपमा आधिकारिकता प्राप्त गर्ने भएकाले कोही पनि अलमल नपर्न आग्रह गरे। सभालाई नेकपा केन्द्रिय सदस्य एवम बिदेश विभाग उप प्रुमख विष्णु रिजाल, राज बहादुर बुढा,प्रकाश ज्वाला लगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।