Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

सुर्खेतमा प्रहरी र स्थानीयबिच झडप

सुर्खेत :  टिप्परको ठक्करबाट ज्यान गुमाएकी वीरेन्द्रनगर ११ की २३ वर्षीया ताराकुमारी आलेका आफन्तले आफुहरुलाई नसोधेर मृतकको शव उठाएको भन्दै आन्दोलन गरेका छन । जिल्ला प्रहरी कार्यालयबाट र्याली निकालेका आफन्त र प्रहरीविच मंगलगढी चौकमा झडप भएको हो । झडका क्रममा प्रहरी र पीडित पक्षविच ढुंगा हानाहान भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास समेत हानेको छ ।

शुक्रबार छिन्चुमा टिप्परले मोटरसाइकलाई ठक्कर दिदाँ उनको मृत्यु भएको थियो । वीरेन्द्रनगरको मंगलगढी चौकमा मृतकका आफन्तले आन्दोलन गर्दै ढुंगा प्रहार गरेका छन् । मृतकका आफन्तले आफुहरुलाई कुनै जानकारी नै नदिएर प्रशासनले शव किन उठाएको हो रु भन्दै आन्दोलन गरेका हुन् । साथै प्रशासनसँग मृतकका आफन्तले स्पष्टिकरण मागेका छन् । शुक्रबार वीरेन्द्रनगरबाट नेपालगञ्ज जाँदै गरेको मोटरसाईकलाई सोही दिशातर्फ जाँदै गरेको टिप्परले ठक्कर दिँदा आलेको मृत्यु भएको हो ।

कर्णाली प्रदेश ००१ क ००९९ नम्बरको टिप्परले छिन्चुतर्फ जाँदै गरेको भे ७ प ५२०६ नम्बरको मोटरलाइकललाई छिन्चु बजारको पेट्रोल पम्प अगाडी ठक्कर दिएको थियो । दुर्घटनाबाट मोटरसाईकल चालक शुभकालिका गाउँपालिका कालिकोटका २६ वर्षीय दुर्गा शाही घाइते छन् ।साभार नेपाली रैवार