Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

सुदुरपश्चिमले विकासमा फड्को मार्ने प्रधानमन्त्रीको दावी

CPN-UML Chairman KP Sharma Oli addresses a mass assembly during the on-going Mechi-Mahakali Campaign at Nepalgunj of Banke district, on Tuesday, March 14, 2017. Photo: RSS

काठमाडौं  :  नेकपा ओली पक्षले गरेको भेलालाई सम्बोधन गर्न कैलालीको धनगढी पुगेका प्रधानमन्त्री ओलीले देश विकासमा आफ्नो सरकारले अरु सरकारभन्दा बढी काम गरेको दाबी गरेका छन्। धनगढीमा सम्बोधन सुरु गरेका प्रधानमन्त्री ओलीले भाषणको सुरुमा ​सुदूरपश्चिम प्रदेशको खुलेर तारिफ गरेका छन्।

सुदूरको चर्चा गर्दै उनले प्राकृतिक स्रोतको चर्चा गरेका थिए। सुदूरसँगै नेपाल पनि पछि परेको उनले बताए। सुदूरलाई पछि पार्ने कुनै तागत कसैको अब नहुने उनले बताए। यहाँका मान्छे भारत गएका छन्। नेपालीका रगत पसिनाले थुप्रै देश बनेको छ, सुदूरमा अशिक्षा र गरिबीको समस्या स्वास्थ्य र रोजगारीका समस्या छन सुकुमबासीका र सिँचाइका समस्या छन् यो मैले बुझेको छु उनले बताए।

चाँदनी दोधाराका लागि शारदा नदीबाट पानी छाड्ने योजना भारतसँग गरेको सुनाउँदै सिँचाइको समस्या समाधान हुने आश्वासन दिए। कञ्चनपुर र कैलाली मात्र नभै यस प्रदेशमा असाधारण लाभ हुने उनले बताए। पञ्चेश्वर परियोजना पनि अघि बढाइने उनले बताए। गेटा मेडिकल कलेज र मेडिकल कलेज विश्वविद्यालयको काम बढाइएको उनले बताए। अत्तरिया धनगढी बाटो बेलैमा अघि बढाइने उनले आश्वास दिए। राति उडान भर्न सक्ने गरी व्यवस्था हुने बताए। गौरीफन्टा नाका व्यवस्थापन गर्न भारतसँग वार्ता गरिने र त्यस सम्बन्धमा ध्यान दिइने उनले बताए।

१४ तारिखमा परराष्ट्रमन्त्री भारत जाँदा यस विषयलाई उठाउने बताए। सेती लोकमार्ग र महाकाली करिडोरको काम बढिरहेको पनि उनले जनाए। छाङ्रुसम्मको बाटो मोटरेबल हुने पनि उनले बताए। बैतडीमा चरेस खानी पत्ता लागेकाले विकास गरिने बताए।

विभिन्न कारणले गर्दा मन्त्रालय अगाडि बढ्न नसकेकाले ढिलो गतिमा काम भएकाले अब पश्चिम सेतीलाई अब भने बढाइने उनले बताए। सकेसम्म निकट भविष्यमा बढाइने उनले बताए। उरै नाका हुँदै ताक्लाकोटको नाकाको काम बढाइने ओलीले बताए। सुक्खा बन्दरगाह र सिँचाइको मैले कुरा गरें। महाकालीमा पुल बनिसकेको छ। दार्चुला र बैतडीमा झोलु‌ंगे पु्ल बन्दै गरेको छ,ु उनले मन्त्री गणेश ठगुन्नालाई देखाउँदै उनले भारतसँग नेपालको झोलुंगे पुलको काम बढाइने बताए।

मुख्य रूपमा आफ्नो उद्देश्य नै देश विकास भएको भनाइ। भ्रष्टाचारको अन्त्य गर्ने र सभ्य देश बनाउने उनले बताए। पार्टी छाडेर हिँडेका केही भगौडाको कुरा नसुन्न उनले आग्रह गरे। बाटोमा बसेर हामी यहाँ छौ भनेका उनीहरु पार्टीको बैठकमा नआएर सभ्यता उनीहरुमा नभएको बताए। प्रचण्ड नेपालका कार्यकर्ता गाली गलौज गरेर हिँडेका उनले आरोप लगाए।

आफूहरु गाली गलौजमा हिँडे पनि आफूहरु देश विकासमा लागिपरेको उनले दाबी गरे। कृषिमा रोजगारीमा सरकार लागिपरेको बताउँदै नेपालमा नै सरकारले रोजगारी खोज्ने ध्याउन्नमा लागेको बताए।