Loading... आजः आइतवार, माघ ४, २०७७
Trending

भीर बाट खसेर महिला वडा सदस्यको मृत्यु


दैलेख  :  जिल्लाको भगवतिमाई गाउँपालिका वडा नः १ पगनाथकी महिला वडा सदस्यको भीर बाट खसेर मृत्यु भएको छ । मुत्यु हुनेमा २७ वर्षिय पुस्पा अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी इन्द्रजित सुनारले उपचारका लागि सुर्खेत जान बेस्तडा जाने क्रममा भीर बाट खसेर घाइते भएको उनको जिल्ला अस्पताल दैलेखमा उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो । गाउँपालिका अध्यक्ष दान बहादुर थापाका अनुसार अहिले जिल्ला सवस्थ्य कार्यालय दैलेखमा पोष्र्टम्यार्टम गरी दाहासस्कारका लागि आझै उनको घर पगनाथमा लिने तयारी रहेको छ । उनको दुई छोरीहरु थिए ।

error: Content is protected !!