Loading... आजः सोमवार, जेष्ठ ३१, २०७८
Trending

देशभर ५५४ जनामा सङ्क्रमणको पुष्टि


काठमाडौ  :  पुस २४ गते। नेपालमा कोरोनाभाइरसका ५५४ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार २६९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५५४ जनामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६४ ह्जार १५९ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल पाँच हजार २१ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । पछिल्लो चौबीस घण्टामा ५८५ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५७ हजार २२९ जना सङ्क्रमित निको भएका छन् ।
मन्त्रालयले हालसम्म १९ लाख ७४ हजार ५६१ जनाको आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ९०९ पुगेको छ । हाल ३३८ जना क्वारेन्टिनमा र पाँच हजार २१ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

error: Content is protected !!