Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

राष्ट्रिय वाणिज्य बैंकको ब्रान्ड एम्बेसडरमा नम्रता श्रेष्ठ


काठमाडौं  :  राष्ट्रिय बाणिज्य बैंकले व्यवसाय प्रवर्द्धनका लागि लागि मिस नेपाल वर्ल्ड–२०२० नम्रता श्रेष्ठलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ। बैंकले शुक्रबार एक कार्यक्रम आयोजना गरी बैंकको व्यवसाय प्रवर्द्धनका लागि श्रेष्ठलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो। राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौताअनुसार श्रेष्ठ बैंकको ब्राण्ड एम्बेसडर नियुक्त भएकी हुन्।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रालि तर्फबाट अध्यक्ष दिवाकर राजकर्णिकारले हस्ताक्षर गरेका छन्। त्यस अवसरमा बैंकका सिइओ श्रेष्ठले बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ सेवाबारे ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्नआफ्नो ब्रान्ड एम्बेसडरमा श्रेष्ठलाई नियुक्त गरिएको बताए।
कार्यक्रममा मिस नेपाल वर्ल्ड २०२० नम्रता श्रेष्ठले सरकारी स्वमात्विमा रहेको बैंकको ब्रान्ड एम्बेसडर हुन पाउँदा आफूलाई अत्यन्त खुसी लागेको बताइन्।