Loading... आजः आइतवार, बैशाख २६, २०७८
Trending

सार्वजनिक सेवाको निगरानी गरिदै


दैलेख  :  सरकारी तथा गैर सरकारी निकाय बाट प्रदान गरिने सेवाहरु गुणस्तरीय र प्रभावकारी भए नभएको विषयमा सार्वजनिक सेवाको निगरानी गरिने भएको छ । नागरिक संग प्रत्यक्ष सरोकार राख्ने विद्यालय,स्वास्थ्य चौकी र अन्य कार्यालय बाट प्रदान गरिने सार्वजनिक सेवाको नागरिक निगरानी गर्न लागिएको हो ।

सुन्दर नेपाल संस्थाको द्धारा संचालित नागरिक समाज पारस्पारिक जवाफदेहि परियोजनाले बुधवार आयोजना नागरिक सेवा निगरानीका लागि नागरिक समाज संग गरिएको समन्वयात्मक छलफल कार्यक्रममा स्वास्थ क्षेत्र ,शिक्षा क्षेत्रमा कार्यालयबाट हुने सेवा प्रवाहमा प्रभावकारिताका र पारस्परिक विषयमा नागरिक समाजले सेवाको निगरानी गर्ने तयारी गरिएको छ ।

नागरिक समाजका अगुुवा खड्ग बहादुर सिजापतीले नेपाल सरकारले तोकेका मापदण्ड अनुसार नागरिकले पाउँने पर्ने स्वास्थ्य सेवा र शिक्षा क्षेत्रमा बालकालिकाले पाउँनु पर्ने सेवाका विषयमा निगरानी गर्ने बताए । उनले यस अघि गुराँस गाउँपालिकामा वडा ७ मा रहेको विद्यालयमा अनुगमन गर्दा त्यहाको अवस्था र आफुहरुले निगरानी गरेपश्चातको अवस्था हेर्दा धेरै परिवर्तन भएको बताए ।

उनले भने स्वास्थ्य चौकीमा उपलब्ध हुने औषधी,जेष्ठनागरिक र गर्भवति महिलाका उपचार कक्ष,र विद्यालययमा विद्यार्थीले पाउनु पर्ने पाठ्यपुस्तक,विद्यालयमा शौचालयको व्यवस्था ,विद्यालय खानेपानीको व्यवस्था,विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप,र शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक र अभिभावकले खेलेको भुमिकाका विषयमा अध्ययन गरिने बताए ।

पारस्पारिक जवाफदेहि परियोजनाका जिल्ला कार्यक्रम अधिकृत यज्ञराज थापाले राज्यले जनताको आधारभूत आवश्यकताको परिपूर्ति, शान्ति सुव्यवस्था, संरक्षण, मुलुकको विकास तथा हित प्रवर्द्धनको लागि उपलब्ध गराउने वस्तु तथा सेवा वितरणको प्रक्रिया सार्वजनिक सेवा प्रवाहका विषय नागरिकहरुले लिएको सेवाका विषयमा नागरिक समाजले निगरानी गरी आगामी दिनमा त्यसलाई सुधार गर्ने मार्ग निर्देशन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताए

उनले सार्वजनिक निकाय बाट प्रवाह गरिने सेवा जनताको माग, वास्तविक आवश्यकता , गुणस्तरीय, भरपर्दो र टिकाउ,न्यायोचित मूल्य ,सेवा प्राप्तिको न्यून लागत, प्रक्रियागत सरलीकरण गरिएको, उचित व्यवहार र गुनासो सुनुवाइ,उपयुक्त क्षतिपूर्ति र सहज प्राप्ति,सरल, सहज तथा समयमै प्राप्त गर्न सकिने, सेवाग्राहीमैत्री भौतिक संरचना हुनु पर्ने त्यस अनुसारको सेवा प्रवाह गर्नु पर्ने भएपनि त्यस तर्फ सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयले उक्त प्रक्रिया पुरा गरे नगरेको विषयमा अनुगमन तथा मुल्याङकन गरिने बताए ।

error: Content is protected !!