Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा नै आधारिक केन्द्रिय सदस्य : शर्मा

दैलेख  : नेकपाका केन्द्रिय सदस्य एवम जिल्ला पार्टी अध्यक्ष रविन्द्रराज शर्माले प्रधामन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी आधिकारक भएको बताएका छन । नारायण नगरपालिकामा रहेका नेकपा ओली पक्षिय कार्यकर्ताको भेला लाई सम्बोधन गर्दै उनले कार्यकर्ताले भ्रममा पुर्ने पर्ने कुनै कारण नरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको नेकपा नै आधारिक भएको बताए । जनताको प्रतिनिधिले जनताबीच जान्छु भनेर प्रधानमन्त्रीले निर्वाचन तोक्नुभएको हो। त्यसलाई अन्यथा लिनुपर्ने कुनै कारण छैन उनले भने, वैशाखमा निर्वाचन हुन्छ । त्यसको तयारीका लागि कार्यकर्ता लाग्नु पर्ने बताए ।
केही साथीहरु आधिकारिक नेकपा हामी हौँ भन्दै भेला आयोजना गरिराख्नु भएको छ म भन्न चाहान्छु पुष्पकमल दहाल नेतृत्व गरेको टिमको नेतृत्वमा माधव नेपाल जानु भएको हो पार्टी अध्यक्षले नेतृत्व गरेको पार्टी आधिकारीक हुन्छ त्यसैले कुनै भ्रम पर्नु हुदै नेकपा हामी हौँ सूर्य चिह्न पनि हाम्रो नै हो।
भेलालाई नेकपा केन्द्रिय सदस्य एवम कर्णाली प्रदेश सभा सदस्य मिनासिह रखाल,केन्द्रिय सदस्य लोमन शर्मा,जिल्ला  समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापानारायण, नगरपालिका नगर प्रुमख रत्न बहादुर खड्का लगायतका बक्ताहरुले आफ्नो धाराण राखेका थिए । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले ससदलाई प्रधामन्त्री फेर्ने थलो बनाउन चाहनेहरुका सपना तुहाउन प्रधानमन्त्रीले संसद बिघठन गरेको बताएका थिए ।

error: Content is protected !!