Loading... आजः सोमवार, असार ७, २०७८
Trending

जम्बुकाँध प्रहरी चौकीको भवन निर्माण


दैलेख  :  जिल्लाको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले नगरपालिकामा रहेको जबमुकाँध प्रहरी चौकीको भवन निर्माण गरिदिएको छ । निर्माण गरिएको प्रहरी चौकी जम्बुकाँधका बुधवार कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) बसन्तकुमार पन्तले र नगर प्रमुख सुर्य बहादुर शाहीले उद्घाटन गर्नुभएको छ । उद्घाटन गरिएको भवनको २०७५ मंसिर १३ गते चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर–प्रमुख सूर्यबहादुर शाहीले शिलान्यास गरेका छन ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक किबले नगरपालिकाको ३२ लाख २८ हजार १ सय ९० रुपैयाँ लागतमा भवन निर्माण गरिएको बताए । उनले अहिल प्रहरीका लागि कार्यालय, ब्यारेक र मेस प्रयोजनका लागि आवश्यकता अनुसारको कोठा निर्माण गरिएको बताए

भवन उद्घाटन गर्दै प्रहरी नायव महानिरीक्षक पन्तले प्रहरी र जनताको सम्बन्ध नङ र मासुको जस्तै भएको उल्लेख गर्दै आम नागरिकहरुको जीउ धनको सुरक्षाका लागि नेपाल प्रहरी खटिएको बताए । उनले स्थानीय तहले प्रहरी चौकी राख्नु प¥यो भन्नुभयो हामीले प्रहरी दिऔ प्रहरीका लागि आवश्यक भवन नगरपालिकाले निर्माण गरी सहयोग गरेको भन्दै नेपाल प्रहरीको तर्फ बाट नगरपालिकालाई धन्यबाद दिए । उनले भने ‘प्रहरी बद्री लगाएको र आम नागरिकहरु बद्री बिनाको प्रहरी हो,’ नागरिकहरुले प्रहरीलाई सहयोग नगरेको खण्डमा प्रहरी एक्लैले शान्ति सुव्यवस्था कायम गर्न सक्दैन् ।’
नागरिक र प्रहरीको संयुक्त सहयोगमा मात्र समाजमा शान्ति सुव्यवस्था कायम हुने प्रहरी नायव महानिरीक्षक पन्तको भनाई थियो । प्रहरी नायव महानिरीक्षक पन्तले प्रहरीप्रति आमनागरिकको आस्था, विश्वास र भरोसाको साथै राष्ट्रको प्रतिष्ठासमेत जोडिएकाले प्रहरी कर्मचारीले आफ्नो व्यवसायिकता प्रदर्शन गर्दै सदैव ईमान्दार, कर्तब्यनिष्ठ र उच्च मनोबलका साथ कार्य निर्देशन दिएका छन ।

नगर प्रमुख सुर्यबहादुर शाहीले शान्ति सुरक्षा बिना विकास निर्माण अगाडी बढ्न नसक्ने बताए ।उनले विकास निर्माणलाई तिब्रता दिनका लागि शान्ति सुरक्षाको आवश्यक पर्ने भएकाले नगरपालिकाले प्रहरी चौकी भवन निर्माण गरेको बताए । उनले भने जबसम्म प्रहरी सुरक्षित हँुदैन तबसम्म, नागरिक सुरक्षित रहँदैनन् । अव नगरपालिकाको चाल्ने चौतारा र देउरालीमा अस्थायी प्रहरी चौकी स्थापना भएको खण्डमा नगरपालिकाका सबै नागरिकहरु सुरक्षित हुने भएको हुँदा ती दुई ठाउँमा अस्थायी प्रहरी चौकी माग गर्ने कार्यपालिकाबाट निर्णय भईसकेको बताए ।

नगपालिकाका उप प्रमुख तारा शाही खत्रीले ग्रामीण क्षेत्रमा हत्या हिंसा लगाएत अपराध नियन्त्रण गर्न प्रहरीले महत्वपूर्ण भुमिका खेलेको बताइन । उनले प्रहरी चौकी स्थापना भए पछि यहाँ घरेलु हिंसा,महिला हिंसा जन्य कार्यहरु पहिलाको तुलनामा कम भएको बताइन ।

error: Content is protected !!