Loading... आजः आइतवार, जेष्ठ २, २०७८
Trending

अमेरिका पठाइदिने भन्दै ठगि गर्ने विद्या सरकार पक्राउ


दैलेख  :   सुनसरी ईटहरी उप महानगरपालिका वडा न ४ बस्ने बर्ष २४ की बिद्या शर्मा नाम बताउने विद्या सरकारले जिल्ला प्रहरी दैलेखले पक्राउ गरेको छ । आफु अन्तर्राष्ट्रिय सिंगापुर रेडक्रस सोसाइटीको नेपालको सिइओ भएको र आफुले अमेरिका पठाउने भन्दै युवाहरु बाट लाखौ रुपैया ठगेको उजुरीका आधारमा प्रहरीले काठमाडौमा पक्राउ गरी दैलेखमा ल्याएको छ ।

अमेरिकाको लागि भिजा पनि लागेको र मैले ८/१० जना युवाहरुलाई अमेरिका पठाउन सक्छु भनि युवाहरुलाई प्रलोभनमा पारी जिल्ला दैलेख नारायण नगरपालिका वडा नं ०१ नयाँबजार बस्ने मनोज थापावाट ग्लोबल आई एम ई बैंक लिमिटेड शाखा दैलेखबाट सुनसरी जिल्ला स्थित निजको नाममा आईएमई ग्लोबल बैंक लिमिटेड ईटहरी शाखामा जम्मा रु ९०,००० पठाउन लगाइ ठगि गरी सम्पर्कविहिन भएको र जिल्ला दैलेख नारायण नगरपालिका वडा नं १ वस्ने वर्ष २८ का विवेक थापालाई पनि अमेरिका पठाउने प्रलोभनमा पारी झुक्याई ५२,१४,०१० पैसा पठाउन लगाई निज सम्पर्क बिहिन भएको भन्ने विवेक थापा समेतको ठगि कसुर अन्तर्गत जाहेरीका आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए । उनले जिल्ला प्रहरी कार्यालय दैलेखमा दर्ता भई जिल्ला अदालत दैलेख पक्राउ अनुमति बमोजिम महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौसँग समन्वय गरी यस कार्यालयमा उपस्थित गराईएको र निज प्रतिवादी विद्या शर्मा भन्ने बिद्या सरकारलाई थप ७ दिनको म्यादथप गरी थप बिस्तृत अनुसन्धान कार्य भईरहेको बताए ।

error: Content is protected !!