Loading... आजः बिहिबार, असार १०, २०७८
Trending

दुई स्वर्ण पदक बिजेता कार्कीलाई १० हजार नगदसहित सम्मान


सुर्खेत  :  भारतको महाराष्ट्रमा भएको पावर लिफ्टिङमा नेपाललाई दुई स्वर्ण पदक जित्न सफल सुर्खेतकी चेली श्रुति कार्कीलाई सुर्खेत उद्योग वाणिज्य संघले नगदसहित सम्मान गरेको छ ।
संघले वीरेन्द्रनगरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरेर कार्कीलाई नगदसहित सम्मान गरेको हो । खेलुकुदको माध्यमबाट नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाल र कर्णालीको नाम चिनाउन सफल भएको भन्दै सम्मान गरिएको संघका बाणिज्य उपाध्यक्ष दिपेन्द्र ढकालले बताए ।उनले आर्थिक रुपमा खेलबाट व्यवसायिकता झल्काउन अझै बाँकी रहेको भन्दै यसका लागी निजि क्षेत्रबाट सहयोग गर्न आफुहरु तयार रहेको ढकालले बताए ।

कर्णाली प्रदेश खेलकुद परिषदका उपाध्यक्ष प्रमोद हमालले खेल क्षेत्रलाई व्यवसायीकरण गर्न जरुरी रहेको उल्लेख गरे । नीजि क्षेत्रले पनि खेलाडीलाई व्यवसायिक बनाउनतर्फ लागे यसले सिँगो व्यवसायी क्षेत्रमा पनि फाईदा हुने उनको भनाई छ ।

error: Content is protected !!