Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

जुम्लाको सिंजा उपत्यका र राराताल ई–पासपोर्टमा छापिने ३५ तस्वीरमा 

काठमाडौं  :  सरकारले विद्युतीय राहदानी ९ई(पासपोर्ट० मा के केको तस्विर राख्ने भनेर टुंगो लगाएको छ । विभिन्न पृष्ठका लागि ३५ वटा तस्वीर टुंगो लगाइएको हो । भने अन्य ५ वटा तस्वीरहरुलाई बैकल्पिक रुपमा प्रयोग गर्न सकिने गरी सरकारले स्वीकृत गरेको छ । जसमा ई(पासपोर्टमा छापिने ३५ तस्वीरभित्र जुम्लाको सिंजा उपत्यका र मुगुको रारातालको तस्विर पनि स्विकृत भएको छ ।

सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइको जिम्मेवारी फ्रान्सको आईडीईएमआईए आइडिन्टीटी एन्ड सेक्युरिटीलाई दिइसकेको छ । आईडीईएमआईएले करिब २ अर्ब ४८ करोड रुपैयाँ ९२ करोड ११ लाख अमेरिकी डलरमा ई(पासपोर्टको छपाईको ठेक्का पाएको छ ।

मन्त्रिपरिषद बैठकको निर्णयपछि ई(पासपोर्टमा रहने तस्वीरहरुको टुंगो लगाएपछि अब सरकारले तोकिएका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र ठाउँहरुको फोटो संकलन गरेर छपाइको प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।