Loading... आजः सोमवार, जेष्ठ ३१, २०७८
Trending

जेष्ठनागरिकलाई न्यानो कपडा वितरण


दैलेख  :  जिल्लाको नारायण नगरपालिका वडा न ९ का ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरेको छ । ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन न्यानो कपडा स्वरूप कमल वितरण सुरु गरिएको नारायण नगरपालिका वडा न ९ का अध्यक्ष ढाल बहादुर थापाले बताए । उनले दिनदिनै चिसो बढ्दै गएको छ आफ्नो वडामा रहेका ज्येष्ठ नागरिकहरूलाई चिसोबाट जोगाउन न्यानो कपडा वितरण थालेको बताए ।

नारायण नगरपालिका वडा ः ९ का वडा सचिव दीप बहादुर खड्काका अनुसार वडामा रहेको ७० वर्ष माथिका ७३ ज्येष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको बताए । उनले वडा कार्यालयले ज्येष्ठ नागरिकहरूको तथ्याङ्क संकलन गरेर आवश्यकताका आधारमा न्यानो कपडा वितरण गरिएको बताए । उनले प्रत्येक जेष्ठनागरिकलाई दुई हजार बढी पर्ने थर्मकोट वितरण गरेको बताए ।

नारायण नगरपालिका वडा न ९ का ७५ वर्षीय लाल बहादुर थापाले घरमै आएर न्यानो कपडा दिएकोमा खुसी व्यक्त गरे । उनले भने गाउँ भनेर के गर्नु घरमा आगो बाल्ने चलन हराएको छ ग्यासमा खाना पाक्छ बुढाबुढी लाई न्यानो कपडाले काम गर्ने भयो ।  नारायण नगरपालिकाका नगर प्रमुख रत्न बहादुर खड्काले जेष्ठनागरिकलाई उच्च प्राथमिकतामा राखेर नै यस्ता कार्यक्रमको आयोजना गरिएको बताए । उनले यस अघि घरदैलो पुगेर ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण र औषधी समेत वितरण गरेको बताए । उनले भने गत वर्ष समेत लगातार एक हप्ता वर्षा भएपछि नगरपालिकाले दाउरा किनेर वितरण गरेका थियौँ ।

error: Content is protected !!