Loading... आजः बिहिबार, बैशाख २३, २०७८
Trending

दैलेखमा प्रचण्ड–नेपाल समुहको बिरोध प्रर्दशन


दैलेख :  प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्ने लगायतका प्रतिगामी क्रियाकलाप विरुद्ध नेकपाको दाहाल–नेपाल समूहले दैलेखका बिरोध प्रर्दशन गरेको छ । पार्टी हित र जनचाहना विपरित प्रतिनिधिसभा विघटन जस्तो गैरसंवैधानिक कामको आफूहरुले जनताका बिचमा राख्नको लागि बिरोध कार्यक्रमको आयोजना गरिएको प्रचण्ड माधन नेपाल समुहका नेता नेकपा प्रदेश कमिटी सदस्य एवं कर्णाली प्रदेशसभा सदस्य अम्मरबहादुर थापाले बताए ।

पार्टी केन्द्रीय कार्यालयको पुस ९ गतेको निर्णय अनुसार ७७ वटै जिल्लामा प्रतिगमन बिरुद्ध प्रदर्शन गर्ने कार्यक्रम अन्तरगर्त दैलेखमा प्रर्दशन गरिएको अर्का केन्द्रिय सदस्य राज बहादुर बुढाले जानकारी दिए । दैलेखमा शक्ति प्रर्दशन गर्नका लागि महाबु गाउँपालिकामा जंगबहादुर शाही, नारायण नगरपालिकामा नेकपाका केन्द्रिय सदस्य एव विदेश विभाग उप प्रमुख विष्णु रिजाल,अम्मर बहादुर थापा,मा टेकबहादुर खाण, नौमूले गाउँपालिकामा गंगबहादुर घर्ती, भगवतीमाई गाउँपालिकामा मयाराम अधिकारी, डुङ्गेश्वरगाउँपालिकामा गोपाल नेपाली, गुराँस गाउँपालिकामा टोपबहादुर बीसी, दुल्लु नगरपालिकामा तिलक रिजाल, भैरबी गाउँपालिकामा ललिता बीसी, चामुण्डाबिन्द्रासैनी नगरपालिकामा बरुनाथ योगी, ठाँटीकाँध गाउँपालिकामा योगेन्द्रविक्रम थापा, आठबीस नगरपालिकामा ओमजंग शाहीलाई जिम्मेवारी दिएको थियो । सोही अनुरुप ११ स्थानीय तह बाट बिरोध सभामा सहभागी भएका थिए ।

पुस ११ गते जिल्लामा उपलब्ध पार्टीका प्रदेश कमिटी र जिल्ला कमिटी पदाधिकारीहरुको उपस्थितिमा गरिएको निर्णय अनुसार गाउँपालिका तथा नगरपालिका स्तरमा प्रतिगमन विरुद्ध पुस १४ गते गरिने प्रदर्शनमा मुख्य जिम्मेवारी बाहेक अरु नेताहरुलाई पनि परिचालन गरिएको थियो । पुस १५ गते जिल्ला कमिटीको बैठक गरी प्रतिगमन बिरुद्धको सशक्त आन्दोलनको तयारी गर्ने निर्णय भएको पार्टी सचिव प्रेम कटुवालले जानकारी दिए ।
दैलेख सदरमुकाममा आयोजना गरिएको बिरोध सभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य एव विदेश विभाग उप प्रमुख विष्णु रिजाल, केन्द्रिय सदस्य राज बहादुर बुढा,प्रदेश सांसद अम्मर बहादुर थापा, शुशिल थापा,लगायतका बत्ताहरुले सम्बोधन गरेका छन । बक्ताहरुले प्रधानमन्त्रीले आफुलाई काम गर्न दिएन्न भनेर संबिधान सभा भंग गर्नु असंबैधानिक कदम भएको बताएका छन । जनताको त्याग र बलिदानी बाट प्राप्त भएको उपलब्धीलाई आफुलाई मन परेन भन्दै भंग गर्ने कार्यको भ्रत्सना आफुहरुले बिरोध सभा आयोजना गरिएको नेताहरुले बताएका छन । नेताहरुले जनताले दुई तिहाइ मत दिएर पठाउँदा समेत काम नगर्ने अनि पुन मतदान गरेर नयाँ जनादेश प्राप्त गर्ने भन्नु कुरा हास्यापद भएको बताए ।

error: Content is protected !!