Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

मंगलवार देशभर ७०८ जना सङ्क्रमित थपिए

काठमाडौं  :  नेपालमा कोरोना भाइरसका सात सय ८ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५९ हजार ५४८ पुगेको छ । हालसम्म १९ लाख २१ हजार ३६७जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा छ हजार १३५ आरटीपीसीआर परीक्षण गरिएकोमा सो संख्यामा सङ्क्रमणको पुष्टि भएको हो । मन्त्रालयका अनुसार हाल छ हजार ३९६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो चौबीस घण्टामा सात सय ३१ जना सङ्क्रमित निको भएका छन् । निको भएकाहरुको संख्या दुईलाख ५१ हजार ३१२ पुगेको छ । नेपालमा कोरोना संक्रमित हुने दर ९६।८३ प्रतिशत छ । पछिल्लो चौबीस घण्टामा आठ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८४० जनाको मृत्यु दर्ता गरिएको छ । हाल छ हजार ३९६ जना आइसोलेशनमा र तीन सय ६५ जना क्वारेन्टिनमा छन् ।