Loading... आजः आइतवार, माघ ४, २०७७
Trending

दैलेखी श्रष्ठा कुमार रेग्मीको गीत मैले माया गर्दा सार्वजनिक


दैलेख :  दैलेखका श्रष्ठा कुमार रेग्मीको मैले माया गर्दा आधुनिक गित सार्वजनिक भएको छ । सामाजिक विकास मन्त्रालयमा लेखा अधिकृत रहेका रेग्मीले मैले माया गर्दा बोलको आधुनिक गीत ओएसआर युट्युव च्यानलबाट सार्वजनिक गरेका हुन् ।बाल्यकालदेखि नै गीत संगीतप्रति रुची राख्ने रेग्मीले प्रेमिकालाई चोखो मायाभन्दा पनि धनतर्फ उन्मुख हुँदा भोग्नु परेको पीडा गीतमा समावेश गरेका छन् ।

लय र शव्द रेग्मीकै रहेको गीतमा सुगम संगीतका चर्चित गायक प्रमोद खरेलले स्वर दिएका छन् । पूर्ण संयोगले संगीत भरेको गीतमा निर्देशन कपिल शर्माले गरेका छन् । गीतमा मोडल स्वेता कार्की, देवेन्द्र क्षेत्री र कुमार रेग्मीको अभिनय र कमल रेग्मीको अभिनय रहेको छ ।
काठमाडौंका विभिन्न स्थानका दृष्य समावेश गरिएको म्युजिक भिडियोको छाँयाकन दुर्गा प्रधानले गरेका छन् । भाग्य एल्बम पहिलो रहेको रेग्मीले बताए । उनले दैलेख बजार बोलको दोस्रो गीतको अडियो तयार भएको र छाँयाकंनका लागि काम भइरहेको बताए । सुर्खेत र दैलेखका रमणिय क्षेत्रहरुमा छाँयाकंन गरिएको गीत दुई महिनाभित्रै सार्वजनिक गरिने रेग्मीले जानकारी दिए ।

error: Content is protected !!