Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

बिमानस्थल विस्तारका लागि जग्गाको लगत सङ्कलन रोकियो


सुर्खेत  :  सुर्खेत विमानस्थलको धावनमार्ग विस्तारका लागि अधिग्रहण गरिने जग्गाको प्रारम्भिक लगत सङ्कलनको काम रोकिएको छ । स्थानीयले विरोध गरेपछि आइतबारदेखि लगत सङ्कलनको काम रोकिएको हो ।

सुर्खेत विमानस्थल प्रभावित क्षेत्रका नागरिकले केही समय काम रोक्का गरी वार्ताको वातावरण बनाइदिन माग गरेका छन् । उनीहरुको विरोधकाबिच काम अघि बढाउदाँ कुनै अप्रिय घटना घट्नसक्छ भनेर लगत सङ्कलनको काम रोकेको सुर्खेत नागरिक उड्डयन कार्यालय प्रमुख उमेशकुमार पन्थीले बताए । उनका अनुसार प्रभासिवत क्षेत्रका नागरिकसँग केही दिनभित्र वार्ता गर्ने तयारी छ । वार्तापछि लगत संकलन गरेर प्रशासनलाई रिपोर्ट बुझाईनेछ ।

सुर्खेत नागरिक उड्डयन कार्यालयले धावनमार्ग विस्तारका लागि अधिग्रहण गरिने चारैतर्फको जग्गाको लगत सङ्कलन लिने भएकाले १५ दिनसम्म नयाँ संरचना बनाउन, बिक्रीवितरण गर्न, हक हस्तान्तरणका लागि सिफारिस नगर्न सूचना जारी गरेको थियो । जग्गा अधिग्रहण हुने स्थानका प्रभावितहरूले नागरिक सरोकार सङ्घर्ष समिति गठन गरी लगत सङ्कलनको काम रोकी वार्ताको वातावरण बनाइदिन माग गरेका छन् । साभार नेपाली रैवार