Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

पाँच हजार ५१० परीक्षण गर्दा ६१३ जना सङ्क्रमित


काठमाडौं  :  नेपालमा कोरोनाभाइरसका ६१३ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमित दुई लाख ५६ हजार ५९२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ५१० जनाको आरटीपीसीआर परीक्षण गर्दा ६१३ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार हाल सात हजार ३८४ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

पछिल्लो चौबीस घण्टामा ७३९ जना सङ्क्रमित निको भएका छन् । निको भएकाहरुको संख्या दुईलाख ४७ हजार ४०० पुगेको छ । पछिल्लो चौबीस घण्टामा पाँच जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ८०८ जनाको मृत्यु दर्ता गरिएको छ । हाल सात हजार ३८४ जना आइसोलेशनमा र चार सय जना क्वारेन्टिनमा छन् ।