Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

चौध हजारले पाए कोरोना बीमा


काठमाडौं  : कोरोना बीमा गरेर संक्रमित भएकाहरुले आवश्यक कागजपत्र पेश गरेसँगै भुक्तान पाउन थालेका छन् । बीमा समितिका अनुसार पुस ७ गतेसम्ममा आवश्यक कागजपत्र पूरा गर्ने १४ हजार १८४ जनालाई बीमाको भुक्तानी गरिएको बीमा समितिका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए
‘कोरोना बीमा’ बापत एक अर्ब ३८ करोड ४८ लाख ७५ हजार रकम संक्रमितले पाएको पौडेलले बताए । नेपालमा रहेका अजोड, एभरेष्ट, जनरल, हिमालयन, आइएमई जनरल, लुम्बिनी, नेसनल, नेको, नेपाल, एनएलजी, ओरियन्टल, प्रभु, प्रिमियर, प्रुडेन्सियल, राष्ट्रिय बीमा कम्पनी, सगरमाथा, सानिमा, शिखर, सिद्धार्थ र युनाइटेड इन्स्योरेन्समा १७ लाख १२ हजार ४७० जनाले एक लाख रुपियाँ पाउने गरी कोरोना बीमा गराएका थिए ।
त्योमध्ये गराउनेमध्ये संख्या १४ हजार १८४ लाई कोरोना संक्रमण भएको र सोही अनुसार सम्पूर्ण कागजपत्र पुरा गरेर भुक्तानी रकम लिएका हुन् । नेपालमा दोस्रो पोलिसीमा बीमा गराउनेको संख्या तीन लाख ८० हजार रहेको पौडेलले जानकारी दिए प्रक्रिया पूरा गरेर आएका कसैको पनि रकम भुक्तानी रोकिएको छैन ।
कोरोना संक्रमित भएसँगै बीमा गराएका २६ हजार ५९७ जनाले कागजपत्र बीमा समितिमा पेश गरेका छन् । त्योमध्ये १४ हजार १४८ जनाले कोरोना बीमा वापतको रकमको भुक्तानी पाएका छन् । त्यस्तै दुई हजार ५२१ जनाको कागजपत्र अन्तिम रकम पाउने प्रक्रियामा रहेको उनले बताए । अहिले तीन हजार १११ जना कोरोनाको बीमाको कागजपत्र प्रक्रिया पूरा गर्ने सिलसिलामा रोकिएको उनले बताए ।