Loading... आजः बिहिबार, चैत्र १५, २०८०
Trending

महासंघको कर्णालीको नयाँ नेतृत्व निर्विरोध चयन


सुर्खेत : नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश समितिको अध्यक्षमा पदमबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । शनिबार हुने निर्वाचनको लागि उनको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन । निर्वाचन समितिका अनुसार मनोनयन पत्र दर्ता गर्ने अन्तिम समय बिहीबार ४ बजेसम्म उनको मात्र उम्मेदवारी परेको छ ।

 

सुर्खेत उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका शाही प्रदेश समितिका हालका अध्यक्षसमेत हुन् । शाहीसँगै एसोसियटतर्फको उपाध्यक्षमा प्रकाश उप्रेती (सुर्खेत), कोषाध्यक्षमा सुधन श्रेष्ठ (सल्यान) र एसोसियट तर्फको सदस्यमा सीताराम कार्की र झबिन्द्र खत्री निर्विरोध निर्वाचित भएका छन् । एकल उम्मेदवारी परेकाहरुको निर्वाचित भएको औपचारिक घोषणा भने शनिबार मात्र गरिने छ ।