Loading... आजः शुक्रबार, माघ ९, २०७७
Trending

थपिए ७७६जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौँ  :  नेपालमा पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार ९४७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४० हजार ३ सय ६३ पुगेको छ। हाल देशभर ९ हजार ५ सय ८० जना सक्रिय संक्रमित छन् भने ४ सय ४४ जना क्वारेन्टिनमा छन्। यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ७ सय ४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

error: Content is protected !!