Loading... आजः शनिबार, बैशाख २५, २०७८
Trending

परियोजनाको कार्यक्षेत्र विस्तार गर्न माग


दैलेख  :  कोरोना महामारीका कारण रोजगारी गुमाएर घर फर्केका युवा,एकल महिला र घरेलु हिंसामा परेका महिलाहरुको आय आर्जनमा सहयोग पुग्ने उद्देश्यले गुराँस गाउँपालिका युएनडिपी र महिला सशक्तिकरण मञ्च नेपाल द्धारा संचालन भएको कोभिड १९ रेस्पोन्स एण्ड सोसियो इकोनोमिक रिकभरी परियोजनाको कार्य क्षेत्र विस्तार गर्न माग गरेका छन
परियोजनाले संचालन गरेका विभिन्न क्रियाकलापको अनुगमन गर्न पुगेको साझेदार सस्थाहरुलाई गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले परियोजनाको कार्यक्षेत्र विस्तार गर्न माग गरेका छन । । उनले कोरोना महामारीका कारण रोजगारी गुमाएका युवालाई स्वदेशमै रोक्न र व्यवसायिक बन्न उत्प्रेरणा जगाएको भन्दै गाउँपालिका भरी परियोजनाको कार्यक्षेत्र विस्तार गर्न माग गरेका हुन ।
उनले भने परियोजना संचालन भएको गाउँमा जाँदा त्यहाका कृषकले गरेको तरकारी खेती र बाख्रा पालन र कुखुरा पालन हेर्दा उहाँहरुमा उमंग आएको छ उहाँहरुले घरमै बसेर राम्रो आम्दानी गर्न सफल भएका कारण परियोजनाले कार्यक्षेत्र विस्तार गरेर अन्य युवालाई पनि स्वदेशमै उत्पादनमा जोड्न सहयोग गर्नुपर्छ ।
परियोजनाले गरेको क्रियाकपलाको अनुगमन गर्दै युएनडिपीका आर्थिक विकास अधिकृत बिज्ञ अमित मिश्रले परियोजनाले लिएको लक्ष्य अनुसार काम राम्रो भएको बताए । उनले भने कोरोना महामारीकै बिचमा धेरै राम्रा काम भएको भन्दै समन्वय गर्ने गुराँस गाउँपालिकालाई धन्यबाद दिएका थिए ।
गुरासँ गाउपालिका वडा न ५ का अध्यक्ष सुरेन्द्र कुमार महताराले कृषकहरुलाई आत्मनिभर व्यावसाय मूखि र समुहमा विउ पुजीकोषको व्यावस्थापन परियोजनाले सहयोग गर्न आग्रह गरेका छन । उनले परियोजनाले युवा तथा एकल महिला र घरेलु हिसामा परेका महिलाहरुलाई आय आर्जनमा जोड्न महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । अनुगमना गुरासँ गाउपालिकाका भेटनरी ,कृषि शाखा प्रतिनिधिहरु र संस्थाको अध्यक्ष सुनिता चन्दको सहभागिता रहेको थियो ।

error: Content is protected !!