Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

दुई अध्यक्ष बिच सहमति पछि स्थायी कमिटी बैठक शुरु


काठमाडौ  :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक शुरु भएको नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए । बैठकमा प्रधानमन्त्री ओलीसमेत सहभागी भएको उनका प्रेस सल्लाहकार थापाले बताए । आज अपराह्न १ बजे बस्ने भनिएको बैठक तीन घण्टा ढिलो बस्न थालेको हो ।

बिहान पार्टीभित्रको विवाद समाधानलगायत विषयमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो । उहाँहरुबीच भएको छलफलपछि मात्र बैठक बस्न थालेको हो । यसअघि गत मङ्सिर २८ गते बसेको स्थायी कमिटी बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रकट गर्दै स्थगन भई आजका लागि डाकिएको थियो ।