Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

जिल्ला बाल संगठनको अध्यक्षमा शर्मा


दैलेख  : नेपाल बाल संगठन जिल्ला कार्य समितिको अध्यक्षमा पुण्य प्रसाद शर्मा (रुपाखेती) मनोनित भएका छन । नेपाल बाल संगठन केन्द्रिय कार्य समितिको सिफारीसमा महिला तथा बालबालिका जेष्ठ नागरिक मन्त्रालयले बाल संगठनको अध्यक्षमा मनोनित गरेको थियो । मनोनित भएका शर्र्मा सपथ ग्रहण गराइएको छ । । नेपाल बाल संगठनका निर्वतमान अध्यक्ष जगतजंग थापाले मनोनित शर्मालाई दोसल्ला ओढाएर कार्यकाल सफलको कामना गरेका थिए । मनोनित शर्माले नेपाल बाल संगठन जिल्ला समितिलाई छिटै पुर्णता दिने बताएका छन । उनले नेपाल बाल संगठनको निति र सिद्धान्त अनुसार काम गर्ने बताए । उनले नेपाल बाल संगठनको स्थापना भए पश्चात गठन भएका समितिले गरेका राम्रो कामको अनुसरण गर्दै नयाँ र सिर्जनात्मक काम गर्ने बताए ।
अनौपचारिक आयोजना गरेको सपथ ग्रहण कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सांसद रविन्द्र शर्माले बाल संगठनको अध्यक्षमा मनोनित पुण्यप्रसाद शर्मा (रुपाखेती) लाई सफल कार्यकालको शुभकामना दिएका छन । उनले अग्रजहरुको सुझाव र राम्रा कामको अनुसरण गर्दै जान निर्वाचित अध्यक्षलाई आग्रह गरेका छन । उनले जिल्लाका सबै राजनैतिक दल र जनप्रतिनिधी तर्फ बाट कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए । बाल मन्दिर विद्यालयको तर्फ बाट पुर्व अध्यक्ष जंगतजंग थापा लगायतलाई दोसोल्ला ओढाएर सम्मान गरिएको थियो