Loading... आजः शनिबार, बैशाख २५, २०७८
Trending

सुर्खेतका ४९ वर्षीय कोरोना संक्रमितको मृत्यु


सुर्खेत :  सुर्खेतका कोरोना संक्रमितको कामठाडौंमा मृत्यु भएको छ । वीरेन्द्रनगर–९ का ४९ वर्षीय पुरुषको ग्राण्डी इन्टरनेशनल अस्पताल काठमाडौंमा शनिवार राती ११ बजे मृत्यु भएको हो । मंसिर ८ गते कोरोना पुष्टि भएका उनी होम आइसोलेशनमा बसेका थिए ।

दुई दिनपछि पुन स्वास्थ्यमा समस्या आएपछि परिवारको आग्रहमा उनलाई नेपालगञ्ज रिफर गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

‘उनमा श्वासप्रश्वासको समस्या देखिएको थियो कँडेलले भने,मेडिकल कलेजमा दुई दिन उपचारपछि अवस्था जटिल बन्दै गएपछि भेरी अस्पतालमा भर्ना गरिएको थियो, त्यहाँ पनि उपचार सम्भव नभएपछि हेलिकोप्टरबाट काठमाडौं लगिएको हो ।’

भेन्टिलेटरमा राखी उपचार गरिएपनि स्वास्थ्यमा सुधार नभएपछि शनिवार राती मृत्यु भएको कँडेलले जानकारी दिए । उनको आइतबार बाँकेमा अन्तिम संस्कार गरिएको छ । कर्णालीमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

error: Content is protected !!