Loading... आजः मङ्लबार, कार्तिक २७, २०८१
Trending

सोमवार थपीए ८२१ सङ्क्रमित थपिए

 


काठमाडौं :  नेपालमा कोरोना भाइरसका ८२१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ८४२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरणमा उल्लेख गरिएको छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमित दुई लाख ४९ हजार २४४ पुगेको छ ।

एक हजार पाँचसय जना निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ३६ हजार ५७३ जना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल दश हजार ९५५ जनामा मात्रै भाइरसको सङ्क्रमण सक्रिय छ । नेपालमा निको हुने दर बढिरहेको छ । अहिले नेपालमा निको हुने दर ९४।९२ प्रतिशत रहेको छ । पछिल्लो चौबीस घण्टामा पाँच हजार ४१३ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
मन्त्रालयले हालसम्म १८ लाख ३६ हजार ४६४ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । नेपालमा अहिले ४७१ जना क्वारेन्टिनमा छन् ।
पछिल्लो चौबीस घण्टामा १८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । उक्त मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७१८ पुगेको छ ।