Loading... आजः आइतवार, जेष्ठ २, २०७८
Trending

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा : न्यौपाने


दैलेख  :  रेडक्रस माद्यामिक विद्यालय नारायण नगरपालिका वडा नः ६ भुर्तीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जनक न्यौपाने निर्वाचित भएका छन । शुक्रवार अभिभावक भेला बाट निर्वाचित सदस्यहरुले
संस्थापक ,समाजसेवी,बुद्धिजीवी बाट सदस्यमा मनोनित गरे संगै उनी अध्यक्षमा निर्वाचित भएका हुन । सदस्यहरुमा मडिराम न्यौपाने,संगिता कुवर,सिता नेपाली,युवराज रेग्मी,दुर्गा जैसी रेग्मी निर्वाचित भएको विद्यालयले जानकारी दिएको छ ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भए पछि प्रतिक्रिया दिदै उनले विद्यालयलाई भौतिक संरचनाले सम्पन्न,शैक्षिक रुपमा उत्कष्ट,जिल्लाकै सुविधा सम्पन्न शैक्षिक केन्द्र्रका रुपमा निर्माण गर्ने बताए ।लामो समय विद्यार्थी राजनीति संगै  नेकपा जिल्ला कमिटि सदस्य, युुवा संघ नेपालको केन्द्रिय सदस्य समेत रहेका न्यौपाने यस अघि उक्त विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम समेत गरिसकेका छन ।
उनले भने अघिल्लो कार्यकाल अध्यक्ष भएर थुप्रै योजनाहरु विद्यालयमा ल्याएर कार्यान्वयन गरेको र शिक्षाको गुणस्तर सुधार गर्न समेत महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै यो कार्यकालमा अझै राम्रो गर्ने बताए ।

error: Content is protected !!