Loading... आजः बुधबार, माघ ७, २०७७
Trending

कांग्रेस नेता कृष्ण सिटौलालाई कोरोना संक्रमण


काठमाडौं  : नेपाली कांग्रेसका नेता कृष्ण सिटौलालाई कोरोना भाइरस संक्रमण भएको छ। शुक्रबार गरिएको पिसिआर परीक्षणमा सिटौलाको रिपोर्ट पोजिटिभ आएको हो।

सामान्य रुघाखोकी लागेपछि उनको शुक्रबार राति करिब १० बजेतिर स्वाब दिइएको र आज कोरोना पुष्टि भएको उनका स्वकीय सचिव किरण सिटौलाले जानकारी दिए। नेता सिटौला हाल घरमै आराम गरिरहेका छन्।

नेता सिटौलाले आफ्नो नजिकको सम्पर्कमा रहेका सबैलाई आवश्यकताअनुसार परीक्षण गर्न र सावधानी अपनाउन पनि सामाजिक संजालमार्फत् आग्रह गरेका छन्। उनले आफूमा कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको पनि बताएका छन्।

error: Content is protected !!