भ्रष्टाचारका नियन्त्रणका लागि नागरिक जागरुक हुन आवश्यक : थापा
दैलेख : जिल्ला समन्वय समिति दैलेखका प्रमखु प्रेम बहादुर थापाले जिल्लामा हुने गरेका भ्रष्टाचार र अनियमितताका विषयमा नागरिक समाज जागरुक हुनु पर्ने बेला आएको बताएका छन ।
२४ औँ भ्रष्टाचार दिवसको अवसरमा रेडियो धु्रवतार एफ.एम,ज्वाला सामुदायिक एफ एमको सहकार्यमा सुन्दर नेपाल संस्थाले आयोजना गरेको खुल्ला छलफल कार्यक्रममा बोल्दै भ्रष्टाचार नियन्त्रणका लागि जिम्मेवार नागरिक जागरुक हुनु पर्ने बताए । उनले स्थानीय सरकारले बिभिन्न योजना आयोजनाको डिपिआर बनाउँने भन्दै ठुलो रकम लिने र स्थलमा नगई कपिपेष्ट गरेर भुक्तानी माग्ने चलनले स्थानिय तहमा भ्रष्टाचारको जालोे मौलाएको बताए । उनले कतिपय आयोजना र योजनामा आर्थिक अनियमितता भएर उजुरी गरेको भएपनि कतिपय उजुरी राजनैतिक पुर्वग्राही रुपमा पर्ने गरेको पाइएको बताए ।
छलफलमा कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले जिल्लामा भ्रष्टाचार हुने गरेका धेरै उजुरीहरु आउने गरेको बताए । उनले कर्णाली प्रदेशमै अख्तियारमा उजुरी पर्ने जिल्ला मध्ये दैलेख दोस्रो जिल्लामा परेको बताउदै त्यसले गर्दा पनि जिल्लामा भ्रष्टाचार र अनियमितता हुने गरेको प्रष्ट हुने बताए ।
अहिले हुने गरेका भ्रष्टाचार लोभ र दम्भका कारण हुने भएकाले निर्वाचित जनप्रतिनिधि कर्मचारी लगाएत सबै आम नागरिकले दम्भ नदेखाइ लोभ नगरेको खण्डमा धेरै मात्रामा भ्रष्टाचार नियन्त्रण गर्न सकिने बताए ।
उनले जुन सुकै व्यत्तिले आफ्नो नियतलाई सफा राखेर इमानदारीक्त्ता पूर्वक काम गरेको खण्डमा हरेक क्षेत्रमा भ्रष्टाचार हट्दै जाने बताए ।
संघियता पछि गाउँमा आएका स्थानीय सरकारले आफ्नो आन्तरीक आर्थिक स्रोतलाई व्यवस्थि गर्न नसकेको गुनासो जनस्तरबाट बढि आउने गरेकाले आर्थिक अनियमतिता बिषयमा भेटिएका प्रमाण बाट कानुन वमोजिम कसैले पनि छुटकरा नपाउँने उनले बताए ।
कर्णाली प्रदेशका दश जिल्ला मध्ये खख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय सर्खेतमा पर्ने उजुरी मध्ये दैलेख दोस्रो थानमा रहेको छ । चालु आर्थिक वर्र्षमा मात्र अख्तियारमा दैलेखका ७७ वटा उजुरी परेका छन् ।
भ्रष्टाचार बिरुद्धको खुल्ला छलफलमा सहभागि भएका नागरिकले स्थानीय सरकारमा आफन्त वादको हावी रहेको गुनासो गरेका छन । उनिहरुले स्थानीय सरकारले जागिर खुलाउने आफ्ना जजिकका आफ्न्त भर्ति गर्ने गरेको गुनासो गरेका हुन् ।
खुल्ला छलफलमा प्रश्न गर्दै पत्रकार भिम बहादुर सिजा पतिले कोरोना महामारीमा स्थानिय सरकारले मनोमानी तरिकाले रकम खर्च गर्दै राज्यको सम्पतिमा खेलाचि गरेको बताए । उनले कोरोना महामारीका लागि लागि स्थानिय सरकारले खरिद गरेका स्वास्थ्य सामाग्रिमा वजार मुल्य भन्दा वढिमा खरिद गरेको देखिएको बताए ।
कार्यक्रममा नारायण नगरपालिका कार्यपालिका सदस्य रमेश केसिले संघिय सरकारले देशका ७ सय ५३ स्थानीयतहमा निमित्त कार्याकारी नराख्ने नियम बनाएको भए पनि नारायण नगरपालिकामा यस्को कार्यान्वयन नभएको बताए ।
पुर्ण कार्यकारी भएको स्थामनीय तह भन्दा निमीत्त कार्यकारी प्रमुख भएको स्थानीय तहमा वेरुजु लगाएतका आर्थिक समस्या देखिएकाले संघिय सरकारले देशका सम्पूर्ण स्थानीय तहमा पूर्ण कार्यकारी राख्ने निर्णय गरेको थियो ।
छलफलमा उठेका प्रश्नको जवाफ दिदै नारायण नगरपालिकाका नगरप्रमुख रत्न बहादुर खड्काले कुनै पनि काम गर्दा सबैको समन्वय जरुरी रहेको बताएका छन् । उनले स्थानीय सरकार प्रमुखका हिसावले सबैको समन्वयमा काम गर्न तयार रहेको बताए ।
उनले सरकार सञ्चालनमा केहि कम्जोरी हुने भएकाले कम्जोरी भएको ठाउमा नागरिक समाज, पत्रकार आम नागरिकले दिएको सुझावलाई आत्मसाथ गर्दै अगाडि बढ्ने बताए । नगरप्रमुख खड्काले वाहिर आए जस्तो नारायण नगरपालिकामा आफ्ना भन्दा पनि योग्यताका आधारमा छनोट भएका मान्छेले अवसर पाएको बताउँदै सामाजिक सञ्चालमा लेख्नु भन्दा पनि गल्ति भएका ठाउमा भेटेर सुझाव दिन आग्रह गरे ।