Loading... आजः बिहिबार, चैत्र १५, २०८०
Trending

शैक्षिक सत्र सकिने खुल्न थाले मुगुका सबै विद्यालय सञ्चालन

मुगु :  हिमाली जिल्ला मुगुका विद्यालयहरु खुला गरेर पठनपाठन सञ्चालन गरिरहेका छन् । कोभिड–१९ का कारण झण्डै नौ महिनासम्म बन्द रहेका जिल्लाका विद्यालयहरुमा आजभोली नियमित रुपमा पढाइ शुरु गरिएको हो ।

जिल्लाका चार वटा स्थानीय तह मध्ये पहिलो पटक जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिकाले कोरोनाको कहरकाबीच विद्यालय सञ्चालन गरेको थियो । मुगुमा शैक्षिक सत्र चैत र बैशाखमा हुन्छ ।

पाँच महिना भित्रमा पुष र माघ महिनामा मुगुमा भारी हिमपात हुने भएकाले बन्द हुने गर्दछ । तीन महिनाको अवधि भित्र आधा मात्र पढन् पाउने गुनासो महाकाली माध्यामिक विद्यालयका कक्षा ११ मा अध्ययनरत छात्रा पञ्चकली विकले बताइन् । उनले तीन महिनामा आफूहरुले चाहेजति पाठ्यक्रमअनुसार अध्ययन गर्नबाट बञ्चित हुने उल्लेख गरिन् ।

राम्रोसँग पढ्न पाएकै छैनौं कसरी परिक्षा दिने चिन्ता जागेको छ,’ पञ्चकलीले भनिन् । जिल्लाको उत्तर पश्चिममा पर्ने सोरु गाउँपालिकामा रहेका विद्यालयहरु मंसिर १५ गतेबाट सञ्चालनमा ल्याइएको हो ।
जिल्लाको एक मात्र नगरपालिका छाँयानाथ रारा नगरपालिकाले पनि मंसिर १८ गतेबाट नगर भित्रका सामुदायिक तथा नीजि विद्यालय सञ्चालनमा ल्याएको नगरपालिका शिक्षा शाखाका प्रमुख खड्गबहादुर रोकायाले जानकारी दिए ।