Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह बारे स्वास्थ्य चौकीको स्वमुल्याङकन

दैलेख  :  स्वास्थ्य चौकी बाट प्रवाह गरिएको सेवा गुणस्तरीय र प्रभावकारी भए नभएको विषयमा स्वास्थ्य संस्थामा न्युनत्तम मापदण्ड कार्यान्वयनको (टुल्स)को प्रयोग गरिएको छ । नारायण नगरपालिकाका विन्द्यावासीनी स्वास्थ्य चौकी ,बसन्तमाला स्वास्थ्य चौकी,नारायण स्वास्थ्यचौकी,भवानी स्वास्थ्य चौकी,त्रिबेणी स्वास्थ्य चौकी र बेलासपुर स्वास्थ्य चौकीले प्रदान गरेको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका वारेमा स्वमुल्याङकन गरिएको हो ।

नारायण नगरपालिकाका नगर प्रमुख एवम स्वास्थ्य गुणस्तर सुनिश्चितता समितिका अध्यक्ष रत्न बहादुर खड्काको नेतृत्वको टोलीले स्वास्थ्य संस्थामा न्युनतम मापदण्ड कार्यान्वयन टुल्सको आधारमा बिन्ध्यावासिनी,बसन्तमाला, नारायण, भवानी,त्रिबेणी,बेलासपुर स्वास्थ्य चौकि संचालन तथा ब्यवस्थापन समितिले स्वमुल्याङन गरि प्राप्त स्कोरका आधारमा कलर कोडिङ गरेर तयार गरेको कार्यक्रममा स्वास्थ्य चौकी र पालिकाको संयुक्त मुल्यांकनमा देखिएका समस्या समाधान गर्दै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा स्वास्थ्य संस्था,संचालन तथा ब्यवस्थापन समिति,वडा कार्यालय,नगरपालिका र स्वास्थ्यका लागि सक्षम प्रणालीले जिम्मेवारी बाडफाड गरि स्वास्थ्य संस्थाहरूको सेवा प्रवाहमा थप सुधार ल्याउन कार्य योजना तयार गरिएको हो ।

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह स्वास्थ्य चौकीको स्वमुल्याङकन कार्यक्रममा स्वास्थ्य गुणस्तर सुनिश्चितता समितिका अध्यक्ष एवम नगर प्रमुख खड्काले स्वास्थ्य सेवा वाट प्रवाह भइरहेको सेवालाई अझै प्रभावकारी बनाएर अगाडी बढ्नु पर्ने बताए । उनले नारायण नगरपालिकाले नागरिकको स्वास्थ्यलाई प्रथामिकता राखेर आफ्ना नीति तथा कार्यक्रम संचालन गरेको बताए । उनले नगरपालिकामा कुपोषणको अवस्था अन्त्य गर्नका लागि असल आमा प्रोत्साहन,गर्भवती महिला संग उपमेयर कार्यक्रम, र जेष्ठनागरिकहरुको निशुल्क स्वास्थ्य परीक्षण जस्ता कार्यक्रम कार्यान्वयन ल्याएको बताए ।

नारायण नगरपालिकाका स्वास्थ्य शाखा सह संयोजक लाल बहादुर खड्काले स्वास्थ्य चौकीहरुको प्रदान गर्दै आएको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह स्वास्थ्य चौकीको स्वमुल्याङकन गरेर सेवा प्रवाहलाई अझै राम्रो बनाउन यो कार्यक्रमको आयोजना गरेको बताए । उनले भने स्वास्थ्यकर्मीले आफुले कस्तो सेवा दिएको छु भन्ने विषयमा आफै स्वमुल्याङन गर्ने र आगामी दिनमा त्यसलाई सुधार गरेर लैजाने तर्फ स्वास्थ्य चौकी इन्चार्जहरुले प्रतिबद्धता जनाएको बताए ।