Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

सुर्खेतकी कार्कीले जितिन दुई स्वर्ण

सुर्खेत  :  भारतमा भएको २१ औं विश्व पावर लिफ्टीङमा नेपालको प्रतिनिधित्व गर्ने सुर्खेतकी चेली श्रुती कार्कीले दुई स्वर्ण पदक जितेकी छन् । भारतको महाराष्ट्रस्थित अमरावतीमा भएको विश्व विश्व पावर लिफ्टीङ च्याम्पियनमा कार्कीले दुई स्वर्ण पदक जितेकी हुन् ।

५५ केजी तौल समूहको प्रतियोगितामा कार्कीले स्वर्ण पदक जितेको जिल्ला फुटवल संघ सुर्खेतका उपाध्यक्ष प्रमोद हमालले जानकारी दिए । उनकाअनुसार नेपालको प्रतिनिधित्व गर्ने पुरुषतर्फको प्रतियोगितामा नेपालले चार स्वर्ण र एक रजत पदक जितेका हो । पदक जित्नेमा हसन गुरुङ र आशिष आलेमगरले एक÷एक स्वर्ण र राजेश सुवालले रजत पदक जितेका छन् ।

‘कर्णाली खेलकुदमा पछि भन्नेहरुका लागि कार्कीले कर्णालीको खेलकुदबाट अन्तर्राष्ट्रिय स्तरमा नेपाल र कर्णालीलाई चिनाएकी छन्,’ हमाल भन्छन्, ‘तीन तहकै सरकारले कम्तीमा खेलाडीहरुको आत्मबल बढाउन पुरस्कार दिने संस्कार बसाल्न जरुरी छ ।

कर्णालीमा खेलकुद पूर्वाधार र संरचनाहरु कमजोर हुँदाहुँदै पनि खेलाडीहरुले अन्तर्राष्ट्रिय पदक जितिरहेकाले खेलकुदको विकास गर्न सरकार गम्भीर बन्न जरुरी रहेको हमालले बताए । खेलमा स्वलम्बी र आत्मनिर्भरको कर्णाली प्रदेश रहेन्छ भन्ने ज्वलन्त उदहारण श्रुति नै रहेको हमालले उल्लेख गरे ।

मिडवर्स्टन फिडनेस सेन्टरबाट प्रशिक्षित कार्कीले यसअघि राष्ट्रिय प्रतियोगितामा विभिन्न पदक जिति सकेकी छन् । भारतसम्म पुग्न र पुनः नेपाल फर्कन सबै खर्च समेत मिडस्वर्टनले नै व्यहोरेको छ । कार्कीसहित नेपाली खेलाडीहरुको हौसला बढाउन एशियन पावर लिफ्टीङ फेडेरेसनका उपाध्यक्ष जीवन गिरी, सह–सचिव एवम् म्यानेजर एवम् प्रशिक्षक केदारमान स्थापित सहभागी थिए । साभार नेपाली रैवार