Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

दैलेखमा मनाइयो अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवस


दैलेख :  दैलेखमा मनाइयो अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइएको छ । सामाजिक सेवा केन्द्र(सोसेक) नेपाल दैलेखको आयोजना तथा राधा पौडेल फाउण्डेशनको समन्वयमा अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइएको हो ।
महिनावारी हुँदा प्रयोग गरिने सामग्री प्रर्दशन गरिएको हो ।

अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवसको अबसरमा महिनावारी हुँदा प्रयोग गरिने सामग्री प्रर्दशन गरिएको हो । महिनावारीको कुरा मर्यादा केन्द्रित भएमात्र हुन्छ पुरा भन्ने मुल नारा सहित दैलेख सदरमुकामको स्थानीय देवकोटा चोकमा महिनावारी हुँदा प्रयोग गरिने सामग्री प्रर्दशनसँगै मर्यादित महिनावारीबारे जानकारी गराइएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका सहायक कार्यक्रम निर्देशक दुर्गा गिरीले जानकारी दिइन् ।

उनले महिनावारी हुदाँ सेनेटरी प्याड कसरी प्रयोग गर्ने भन्ने विषयमा डेमो समेत प्रदर्शन गरेकी थिईन । उक्त कार्यक्रममा जिल्ला समन्वय प्रमुख प्रेम बहादुर थापा,प्रुमख जिल्ला अधिकारी सन्तबहादुर सुनार पत्रकार र नागरिक अधिकारकर्मीको उपस्थिति रहेको थियो ।