Loading... आजः बिहिबार, मंसिर १६, २०७८
Trending

प्रधानमन्त्रीद्वारा संसदमा प्रतिनिधित्व गर्ने दलको संयुक्त बैठक आव्हान

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आव्हान गरेका छन । भोलि मंगलबार बिहान ११ बजेका लागि बैठक आव्हान गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

वर्तमान समसामयिक राजनीतिक विषयमा बैठकमा छलफल हुने प्रेस सल्लाहकार थापाले जानकारी दिए । पछिल्लो समय सडकमा देखिएका आन्दोलन र गणतन्त्र विरोधीको सक्रियता बढ्न थालेपछि गणतन्त्रमाथि नै खतरा निम्तिने हो कि ? आशंका उठिरहेका बेला प्रधानमन्त्रीले बैठक आव्हान गरेको बताइएको छ ।
यसअघि राष्ट्रियताको विषय कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका भूभाग नेपाली नक्सामा समावेश गर्ने बेलामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आव्हान गरेका थिए । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रेस सल्लाहकार थापाले जानकारी दिए ।

error: Content is protected !!