Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

दैलेखमा जीप दुर्घटना, तीन घाइते


दैलेख  : चामुण्डाविन्द्रासैनीमा जीप दुर्घटनाहुँदा तीन जना घाइते भएका छन् । सुर्खेतबाट चामुण्डातर्फ जाँदै गरेको लु १ च ७५०६ नम्बरको बोलेरो जीप चामुण्डाविन्द्रासैनी नगरपालिका–४ बुडेयौली पातिकान्लामा जीप दुर्घटना भएको हो ।जीपमा सवार तीन जना मध्ये दुईको अवस्था सामान्य र एक जनाको अवस्था चिन्ता जनक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले दुर्घटना स्थलमा नेपाल प्रहरी पुगेर उद्धार गरेको र दुल्लु अस्पताल बाट एम्बुलेन्स मगाएर घाइतेलाई दुल्लु अस्पताल ल्याउने तयारी गरिरहेको बताए । उनले जीपमा सवार चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नः २ बस्ने दान बहादुर आले जीप चालक र दिपक आले एक जना अर्को जना रहेको बताए । जीप सडक भन्दा ५० मिटर तल खसेको छ ।फोटा साभार